४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र

मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र
अ+ अ-

चौतारा । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको  नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा  अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिनुभयो ।

छ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९को सङ्क्रमणका कारण काम पछि घकेलिँदै गएको छ । हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु परेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको उहाँको भनाइ थियो । 

आयोजनामा कार्यरत धेरै कामदार कोरोनासङ्क्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ । त्यहाँ हाल नेपाली ७० र चिनियाँ १८९ गरी २५९ कामदार कार्यरत छन् ।सातसय २४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ । विद्युत्गृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएकोे छ । 

काठमाडौँ लगिने माथिल्लो तामाकोशीको २२० केभी सिङ्गल सर्किट प्रशारण लाइनको सव–स्टेशन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको प्रक्रिया सुरु भएको छ । यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये आठ वटा वनक्षेत्रमा रहने  हुदाँ वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका स्वीकृति आउने प्रक्रियमा छ ।

त्यस्तै पाँचवटा टावर व्यक्तिको जमिनमा परेकाले मुआवजाको प्रक्रिया सुरु गरिएको छ । स्वदेशी लगानी रु १४ अर्ब ५० करोडमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङसी हाईड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले काम गरिरहेको छ ।