२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायाधीश राणा आज सर्वोच्च जाने, विरोधको तयारीमा बार र बेन्च



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौंः निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा आज सर्वोच्च अदालतमा हाजिर हुने तयारीका साथ बिहान करिब  १० बजे सर्वोच्च अदालत पुग्नु हुने भएको छ ।

स्रोतका अनुसार राणाले सर्वोच्च अदालत प्रशासनलाई यस बारेमा हिजै शनिबार जानकारी गराइ सक्नु भएको छ, र आज बिहान उहाँ सर्वोच्च अदालत फर्कनु हुनेछ । राणा स्वयंले सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू नियमित काममा फर्कन लागेकाले आवश्यक तयारी गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रतिनिधि सभाको महाभियोग सुनुवाई समितिले राणाका सम्बन्धमा प्रतिवेदन हिजो सभामुख अग्नि सापकोटालाई बुझाएको थियो जसमा राणा विरुद्ध महाभियोग लगाउन उपयुक्त हुने सुझाव दिएको थियो । तर प्रतिनिधि सभाको कार्यकाल हिजै समाप्त भएकाले महाभियोगका सम्बन्धमा संसदमा छलफल र मतदान हुन सकेन ।

महाभियोग लगाउने संसद र सांसद नै नरहेको अवस्थामा महाभियोग स्वतः निस्कृय हुने कतिपय कानुन व्यवसायीको जिकिर छ भने कतिपयले अर्को संसदले महाभियोगका विषयमा निर्णय गर्ने बताइरहेका छन् । आज आइतबारदेखि सर्वोच्च फर्कने तयारी भएसँगै सर्वोच्च प्रशासन, न्यायाधीशहरु र बारका पदाधिकारीबीच छलफल तिब्र भएका छन् ।

कानुनी प्रश्न बीच नै राणा आज सर्वोच्चमा हाजिर भएर नियमित काम गर्ने तयारी छ ।

कानुन मन्त्री गोबिन्द शर्माले निलम्बित प्रधान न्यायाधीश राणा सर्वोच्च फर्कन नसक्ने बताउनु भएको छ । कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा मन्त्री शर्माले राणाको कदम सफल हुँदैन, महाभियोग लाग्ने आधार खुलाएर संसदीय समितिले प्रतिवेदन दिएको अवस्थामा जबरा काममा फर्कन मिल्दैन भन्नु भएको छ ।

नेपाल बार एसोसिएसनका पदाधिकारीहरु पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने मनस्थितिमा रहेका छन् ।