१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना

तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना
अ अ+ अ-

गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने भएको छ । तमानखोला –३ तमान गाउँलाई पर्यटकीय गन्तव्य बनाउन र विद्युत् उत्पादन गर्नका लागि जलाशययुक्त परियोजना अगाडि बढाइएको छ ।  

सो गाउँको फेदमा ड्याम निर्माण गरी तमानखोलालाई थुनेर ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ निमार्णका लागि गाउँपालिकाले अध्ययन थालेको छ । गाउँपालिकाको गौरवको परियोजनाका रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । 

परियोजना सरकार, निजी क्षेत्र र गाउँपालिकाभरि नागरिकहरुको लगानीमा निर्माण हुने उहाँको भनाइ छ । परियोजना निर्माणमा पालिकाभरिका सबै नागरिकलाई साझेदार बनाइने छ । तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्ने र सोलेडाँडा हुँदै म्याग्दी जोड्ने सरकारको रणनीतिक सडक योजना अन्तर्गतको क्षेत्रमा भएको हुँदा बिस्तारै तमानखोला क्षेत्र पर्यटकीय हब बन्ने गरी जलविहार, माछापालन, विद्युतीकरण लगायतका काम गर्नका लागि तमानखोला थुनेर उक्त परियोजना बनाउने उहाँको भनाइ छ । 

उहाँले सरकारको रणनीतिक सडकअन्तर्गत छोटो रुटमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र पर्ने हुँदा, बिस्तारै अहिलेको सडक पनि स्तरोन्नति हुने, जलाशययुक्त हाइड्रोपावर निर्माण हुने र सिङ्गो तमानले मुहार पर्ने बताउनुभयो । यो सडक हुँदै पछि हजारौँ धार्मिक पर्यटकहरु तमान गाउँबाटै यात्रा गर्ने हुँदा यहाँका नागरिकको जीवनस्तर र जीवन पद्धति बदलिने जनाइएको छ ।

यहाँको वातावरण, भौगोलिक हिसाबले धेरै सम्भावना बोकेको हुँदा गाउँपालिकाले यो योजनालाई महत्वका साथ लिएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । यहाँबाट ३५० किलोवाटको विद्युत्समेत उत्पादन हुने उहाँको भनाइ छ । उहाँले उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’का रुपमा यसलाई विकास गर्न थालेको बताउनुभयो ।

बुर्तिबाङ देशकै १० नमूना सहरमध्येको एक भएको र यहाँबाट तमान नजिक पर्ने हुँदा भविष्यमा बुर्तिबाङ र बागलुङका सबै ठाउँबाट हजारौँ आन्तरिक पर्यटकहरु यहाँ घुमघाम र मनोरञ्जनका लागि यहाँ आउने भएकाले बहुउद्देश्यीय परियोजना निर्माणमा लगानी गर्न थालेको बुढामगरको भनाइ छ । 

जलाशाययुक्त हाइड्रपावर निर्माणका लागि रु ४० करोड लागत लाग्ने र पर्यटनसहितको काम गर्न ५०-६० करोड लाग्ने अनुमान छ । स्थानीय सरकार, निजी कम्पनी र गाउँपालिकाभरका नागरिकको सामूहिक लगानीमा बुहउद्देश्यीय जलविद्युत् परियोजना निर्माण हुनेछ ।