२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमण सयभन्दा तल झर्यो



अ+ अ-

काठमाडौँ । आज सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा एक सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमणको ९८।६ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ६६ रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन् ।

यस्तै होमआइसोलेशनमा एक हजार नौ सय दुई, संस्थागत आइसोलेशनमा ६४, सघन उपचारकक्ष ९आइसीयू०मा २० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि लगाएका छैनन् ।