९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

अनाथ आश्रमका बालबालिकाका लागि समाजसेवी पुडासैनीको सहयोग

अनाथ आश्रमका बालबालिकाका लागि समाजसेवी पुडासैनीको सहयोग
अ अ+ अ-

भक्तपुर । काठमाडौँको कागेश्वरी मनोहरा निवासी समाजसेवी नवराज पुडासैनीले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमका बालबालिकाका लागि वर्षेनी रु. एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

उहाँले यस आश्रममा आश्रित बालबालिकाको शिक्षाका लागि सहयोग कार्यक्रम अन्तर्गत कम्तीमा चार जना बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर सो सहयोगको घोषणा गर्नुभएको हो ।

समाजसेवी पुडासैनीले हाल भक्तपुरको चाँगुनारायणमा अवस्थित तुलसालयमा आयोजित एक कार्यक्रममा तुलसालय सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवेदीलाई रु एक लाखको चेक प्रदान गर्नुभयो ।

उहाँले अनाथ एवं अपाङ्गता भएका बालबालिकाका साथै ज्येष्ठ नागरिक र सबै उमेर समुहका मानसिक रोग भएकाको उद्धार र लालनपालन गरिरहेको तुलसालयलाई यसअघि पनि विभिन्न लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग गर्दै आउनुभएको छ । उक्त आश्रमलाई आफूले अब हरेक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि सोही कार्यक्रममा गर्नुभयो ।

तुलसालय आश्रमले विगतदेखि असहाय र अनाथहरुका लागि गरिरहेको समाजसेवाको कार्यका लागि आफूले पनि मानवीय सेवाभावका साथ थोरै भए पनि सहयोग पुगोस् भनेर यो सहयोग गरेको पुडासैनीले बताउनुभयो ।

उक्त आश्रमले अनाथ एवं असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा मानसिक रोग भएकालाई चाँगुनारायण र ललितपुर महानगरपालिका– २५ स्थित नखुडोलमा अलग अलग राखेर लालनपालन एवं शिक्षादीक्षा प्रदान गर्दै आएको छ ।

हाल सो आश्रममा रहेका २६ बालबालिका विद्यालय जाने गरेका छन् भने विभिन्न उमेर समूहका ४४ जना उद्धारपछि आश्रममा आश्रित रहेका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये केहीलाई पुनःस्थापना गरिएको छ ।

अध्यक्ष सुवेदीले उहाँले आश्रममा रहेका बालबालिकालाई राम्रो शिक्षादीक्षा दिन तथा मानसिक रोग भएकालाई उपचार सेवा समेतका लागि आर्थिक अभाव रहेका बेला आएको सो सहयोग र प्रतिबद्धताका लागि समाजसेवी पुडासैनीलाई धन्यवाद दिनुभयो ।

सडकमा अलपत्र अवस्थामा भेटिएका अनाथ एवं असहाय बालबालिका तथा विभिन्न उमेर समूहका नागरिकलाई प्रहरीले आश्रममा ल्याइदिने तर नेपाल सरकार तथा स्थानीय सरकारले आफ्नो दायित्व बहन गरी यस्ता आश्रमलाई कुनै आर्थिक सहयोग नगरेको र आश्रममा आश्रितको लालनपालनमै गाह्रो हुँदै गएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

सो आश्रममा सातौँ छोरीका रुपमा जन्म लिएर पाँच मिनेटमा नै आमा गुमाउन पुगेकी हुम्लाकी आठ महिनाकी स्तुतिदेखि चिकित्सकका रुपमा २८ वर्षसम्म नेपाल सरकारको सेवा गरेका ६४ वर्षीय डा. भगवानभक्त श्रेष्ठ तथा ७४ वर्षका बाआमासम्म आश्रित छन् ।