९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

हेबिवेट नेता गगन र राजन भट्टराईसँग काठमाडौं क्षेत्र नं ४ बाट संचारकर्मी सुर्य चन्द भिड्दै

हेबिवेट नेता गगन र राजन भट्टराईसँग काठमाडौं क्षेत्र नं ४ बाट संचारकर्मी सुर्य चन्द भिड्दै
अ अ+ अ-

काठमाडौंः काठमाडौं क्षेत्र नं ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्रि गगन थापा र नेकपा एमालेका नेता राजन भट्टराईसँग चुनाव लड्ने तयारीमा जुटेका छन्।

त्यसै अनुरुप चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त छन् । विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएका छन्।

युवाहरु अबसरको खोजिमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले पनि हामि जस्ता सचेत युवाले राजनीति बिकृति र विसंगति बिरुद्द बुलन्द आवाज उठाउदैं आगामी हुन गईरहेको संघीय सांसदमा चुनाव लड्नु पर्ने बाध्यता रहेको चन्द बताउछन्।

मुलभूत रुपमा एकजना उम्मेदवारले बर्षौ सम्म एउटै क्षेत्रमा चुनाव जित्दै आए पनि यस क्षेत्रका मतदाताले खासै केहि परिबर्तन देख्न पाएनन्, जनताले बिकाशका आधारहरु देख्न पाएनन् भने क्षेत्र न. ४ का जनताले नेता पाए तर बिकशमुखि र जनताको भावना अनुरुपको असल नेता पाउन सकेनन तसर्थ पनि यसपालीको चुनावमा परिबर्तनको लागि उम्मेद्वारी दिनु पर्ने बाध्यता रहेको युवा नेता सुर्य चन्द बताउछन्।

ठुला दलका नेताहरुसँग अहिले पनि भ्रम छ, हामि नेताहरु अझै पनि मिठा मिठा भाषणद्वारा जनतालाइ अन्धकारमा राख्न सक्छौ भन्ने गलत सोचमा रुमल्लिरहेका छन्। तर स्थानिय चुनावले मतदाता, जनता परिवर्तन चाहन्छन भन्ने प्रमाणित भैसकेको अवस्थामा गगन थापा र राजन भट्टराईलाइ सुर्य चन्दको चुनौती थपिएको छ। युवा नेता सुर्य चन्दले आफ्नो उम्मेदवारीलाई कम आंकलनमा नलिन अन्य उम्मेदवारहरुलाई चेतावनी समेत दिएका छन्।

ठुला दलका भनिने नेताहरु भाषणबाजी र ठुला गफमा ब्यस्त भए जनताहरुलाई अन्धकारमा राख्न मिडियामुखी र प्रचारमा मात्र ब्यस्त भए, आफुले कसरि ठुलो पद धारण गर्ने सोचमा मात्र ब्यस्त भएर आफ्नो क्षेत्रको समस्या,जनताको दुख बुझ्न सकेनन् त्यसैले युवाहरु राजनीतिमा आउन बाध्य भएको चन्दको ठम्याइ छ। जब चुनाव आउछ अनि बिकाश निर्माणको कुरा आउछ, शिक्षा, स्वास्थ्य, रोजागरी र आर्थिक सम्वृद्धिको कुरा आउछन, बर्षौ देखि डुबानमा परेको कपन क्षेत्रको समस्या चुनाबको मुखमा मात्र उठ्छ किन? प्रश्न आफैमा प्रश्न चिन्हको रुपमा खडा भएको छ।

मुलुक रुपान्त्रणको लागि प्रमुख तीन एजेण्डा आबश्यक पर्छ। जसमा शिक्षा, स्वास्थ्य र आर्थिक सम्वृद्धिहरु नै तर यसलाई कसरि इम्प्लिमेण्ट गर्ने भन्ने गहन बिषय हो। गरिव र विपन्नका छोराछोरीले पढ्न पाउने सर्वसुलभ निःशुल्क गुणस्तरीय शिक्षा, निःशुल्क उपचार आफ्नो प्राथमिकतामा पर्दछन्। ‘शिक्षा र स्वास्थ्य निःशुल्क दिनु राज्यको दायित्व हो तर भ्रष्टाचारि भएको मुलुकमा स्वतन्त्रा धेरै दिन टिक्दैन भने जस्तै हाम्रो पहिचाननै गुम्ने स्थितिमा मुलुकलाइ अहिलेका राजनीतिक दलहरुले पुर्याउन लागेको हुंदा पनि उनको उम्मेद्वारी सहि रहेको सुर्य चन्द बताउछन्। चन्दले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक सम्वृद्धिको ढोका खोल्ने बताए।

नेपालमा कार्यपालिका देखि न्यायपालिका सम्म बिश्वास गुमाउदै गएको अवस्थामा समाजमा बढ्दो विकृति–विसंगति, भ्रष्टाचारविरुद्ध बोल्न मलाई कुनै डर छैन उनले भने, ‘मुलुकका हरेक ठाउँमा बिकृति र विसंगतिहरु मौलाएका छन्, सडक देखि सदन सम्म भ्रष्टाचारको जालो फैलिएको छ। जनताहरुमा जनचेतनाको कमि छ। क्षणीक फाइदा, केहि आर्थिक प्रलोभन र सामान्य खानेकुरामा बिक्ने नेपाली समाज जहिले सम्म रहन्छ तब सम्म हाम्रो मुलुक न राम्रो नेता पाउँछ न बिकशित मुलुकको खाका तयार पार्न सक्छ त्यसैले सर्बप्रथम हामीले मतदाताहरुको चेतना स्तरमा बृदी ल्याउनु पर्ने उनको ठम्याइ छ।

चन्द भन्छन मेरो उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि हो । मेरो उम्मेदवारी निष्ठाको उम्मेदवारी हो । देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ । त्यसपछि विकासका काम अघि बढ्नेछ । मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रूपमा बुझ्नुस् । म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।

लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्। महा–भुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिवनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफूलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन्। २०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बिकृति र बितृष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको बताउछन्।