• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा, आईपीएल खेल्ने ८ खेलाडीले पाए मौका ★   सलमानको घरमा गोलीबारी काण्डका आरोपीले प्रहरी हिरासतमै आत्महत्या गरे ★   वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित ★   श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण: अध्यक्ष ढकाल ★   संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी ★   उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामीरिता ★   श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध दबाबमा नेपाल, पाँचौं विकेट गुमायो ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो चौंथो विकेट, आउट भए बम ★   डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

अछाम पहिरो अपडेटः मृतकको संख्या १४ पुग्यो, ९ जना बेपत्ता



काठमाडौँ । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

पहिरोमा पुरिएका ९ जना बेपत्ता रहेका छन् । बर्सात्का कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ ।