१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण तनावमा कंगना



अ+ अ-

एजेन्सी । सँधैजसो चर्चामा आइरहने अभिनेत्री हुन् कंगना रनावत । 

विभिन्न समयमा विभिन्न विषयमा खरो प्रतिक्रिया दिने ‘बलिउड क्वीन’ कंगनालाई भने अहिले तनाव आइलागेको छ । उनलाई १९ अप्रिलमा बठिन्डा अदालतमा उपस्थित हुन आदेश दिइएको छ । कंगनाले वृद्ध महिलालाई ‘१००–१०० रुपैया लिएर धर्नामा उपस्थित हुने आइमाई’ भन्दै बयान दिएकी थिइन् । 

जसको विरुद्धमा महिलाले अदालतमा केस हालेकी थिइन् । बठिन्डाको गाउँ बहादुरगढ जन्डियाकी स्थानीय ८७ वर्षीय वृद्ध किसान महिन्दर कौरलाई लिएर कंगनाले ट्वीट गरेकी थिइन् । त्यसपछि महिन्दर कौरले बाठिन्डा कोर्टमा कंगनाविरुद्ध मानहानीको मुद्धा हालिन् । 

किसान महिला महिन्दर कौरका वकिल रघवीर सिंह बहनीवालका अनुसार जवनरी ४ २०२१ मा अदालतमा उक्त केस दर्ता भएको थियो । जसको करीब १३ महिना सुनुवाई चल्यो । यसैबीच अदालतले कंगनालाई अदालतमा उपस्थित हुन आदेश दिएको हो । 

कंगनाले दिएको उक्त टीप्पणीको विरोध जनाउँदै कंगनालाई किसानहरुले कीरतपुर साहिबमा घेराउ समेत गरेका थिए ।