६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

साढे पाँच दशक पुरानो गीत बन्यो नेपथ्यको ताजा प्रस्तुती -भिडियो सहित

साढे पाँच दशक पुरानो गीत बन्यो नेपथ्यको ताजा प्रस्तुती -भिडियो सहित
अ+ अ-

काठमाडौं I कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरु पनि उतारेका थिए । यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनको गीतलाई नेपथ्य ब्याण्डले आजैबाट आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत् सार्वजनिक गरेको छ ।

मञ्जुलको ‘साइँली मोरीलाई’ पुस्तकमा संग्रहित त्यस रचनाले भन्छ –

‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’

यो शब्द रचना गर्दा मञ्जुल केवल १९ वर्षका थिए । त्यसको निकै पछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक हुने मौका पायो । त्यहि शब्दलाई नेपथ्य ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा पस्केपछि अब यो ब्याण्डकै ताजा गीत बन्नपुगेको छ।

‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ,’ अमृत भन्छन्, ‘त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिँ बारंबार पढेकाले कण्ठस्थै थियो ।’
यसरी आनन्द लिएको शब्दलाई गीतमा ढाल्ने काम भने पछिल्लो समय मात्रै गरिएको हो ।

‘मञ्जुल–रामेश दाइहरुले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ,’ उनी थप्छन्, ‘ओखलढुँगाको गोरेटोमा हिँड्दा हिँड्दै एउटा दृश्यले मलाइ यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो ।’

अमृतका अनुसार त्यस दिन उनी कोषभञ्ज्याङ नाघेर कटुन्जेतर्फ ओह्रालो लाग्दै थिए । त्यतिबेलै बाटोमा भर्खर विहे गरेर आएको एउटा जोडी भेटिए । हिँड्दा हिँड्दै त्यो जोडी केहि छिनको निम्ति अमृतको सहयात्री बन्न पुगेछन् । उनले त्यस जोडीको तस्बिर खिच्न खोजे । तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे । बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो ।
‘त्यो दृश्यले मलाइ यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘मैले कता कता वर्षौं पहिले पढेको मञ्जुल दाईको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो ।’
त्यसपछि पनि अमृतको पैदलयात्रा निरन्तर अघि बढ्दै गयो । ‘ती जोडीलाई भेटेको दुइ तीन दिनमै म दिक्तेलतर्फ उकालो लाग्दै थिएँ,’ उनी भन्छन्, ‘त्यतिबेलै लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले मञ्जुल दाइका पुराना शब्दहरुलाई संगीतबद्ध पारेको हुँ ।’

गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छ–

‘कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाल
साइँली मोरीलाई’

अमृतका अनुसार त्यो अन्तरालाई पनि त्यसै यात्राका दौरान खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतवद्ध गरिएको थियो ।

यसरी दशक अगाडि काठमाडौंबाट पैदल हिँडेरै पूर्वी पहाडी कुना संखुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत एकपटक कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ । केहि महिनाअघि मात्र नयाँवर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्याण्डले गाएर सुनाएको थियो । कोभिड महामारीको लगत्तै नयाँ परिवेशमा आयोजित त्यस कन्सर्टमा ब्याण्डको तर्फबाट दर्शकहरुलाई त्यो विशेष कोशेली थियो ।दमकमा आयोजित कन्सर्टमा यो गीत सुनेका दर्शकहरुको उत्साहलाई उतिबेलै भिडियो क्यामराले कैदसमेत गरेको थियो ।
यु ट्युबमा आजबाट बग्न सुरुभएको यो गीतको भिडियो त्यसै कन्सर्टका दृश्यहरु हुन् ।

‘समाज परिवर्तनको मुख्य चाहना बोकेर गाउँ गाउँ डुल्ने गरेता पनि मेरो मनमा लोकगीतले गहिरो प्रभाव जमाएको थियो,’ यस गीतका बारे श्रष्टा मञ्जुल भन्छन्, ‘त्यहि भावनाले उतिबेला यी शब्दहरु कोरिएका हुन् ।’

नेपथ्यले तयार पारेको यो गीतलाई सुनेर आफु आनन्दित भएको प्रतिक्रिया मञ्जुलले दिए ।‘अमृत भाइले आफ्नै शैलीको छाप सहित यसलाई तयार पारेर प्रस्तुत गरेका छन्,’ उनले अगाडि भने, ‘यसको आफ्नै मिठास छ ।’

नेपथ्य ब्याण्डलाई प्रवद्र्धन गर्दैआएको ‘नेपालय’का अनुसार स्थापनाको तीन दसक पुरा गरिसकेको यस ब्याण्डका हालसम्म नौ वटा एल्बम श्रोतासमक्ष प्रस्तुत भइसकेका छन् । यो गीत भने निकट भविष्यमै पूर्ण हुने तयारीमा रहेको दशौं एल्बमको नवौं प्रस्तुती हो । यसका आठवटा गीत यु ट्युवमा उपलब्ध भइसकेका छन् ।

‘थोरै सन्तानमा सीमित हुँदैगएको नेपाली पारिवारिक संरचनामा अब साइँला र साइँलीजस्ता शब्दहरु क्रमशः लोपोन्मुख भएका छन्,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसरी एउटा कालखण्डको बेग्लै सामाजिक संरचना पनि उभ्याउने स्वाद यो गीतको थप विशेषता बनेको देखिन्छ ।’
पुराना भाकाहरुलाई ब्यूँताएर नयाँ पुस्तासम्म पु¥याउने नेपथ्यको प्रयासकै निरन्तरता स्वरुप यस गीतलाई प्राथमिकताका साथ प्रस्तुत गरेको श्रेष्ठले उल्लेख गरे ।

यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।