१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

ताराले शुरु गर्यो इलाममा पहिलो व्यबसायिक उडान

ताराले शुरु गर्यो इलाममा पहिलो व्यबसायिक उडान
अ अ+ अ-

काठमाडाैं। यती एअरलाईन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा एअरपोर्टमा आजबाट व्यावसायिक उडान शुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलको धावनमार्ग पक्की बनिसकेपछी तारा एअरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलतापुर्बक सम्पन्न भएको हो ।

तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०:४० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाट उडेर ११:२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो । तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो ।

पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यबसायी लगायत यात्रु तथा तारा एअरका प्राबिधिक टोलि गरि १४ जना यात्रुहरू पहिलो व्यबसायिक उडानमा सहभागी भएका थिए । ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नु अघि २०७५ जेठ २१ गते तारा एअरले नै पहिलो परीक्षण उडान गरेको थियो।

आजबाट पहिलो व्यबसायिक उडान सुरु गरेको तारा एअरले आईतवार र बिहिवार हप्तामा दुईदिन नियमित उडान गर्ने जानकारी तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । वहाँका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयर अन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । वहाँका अनुसार यो गन्तव्यको उडान दुरी करिव एक घण्टाको छ।