• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

महानगरलाई स्वरोजगार व्यापार श्रमिकले बुझायो ज्ञापनपत्र: २४ घण्टामा २ घण्टा गरिखाने वातावरण मिलाउन माग



काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीवार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरेपनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर साह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीहरूको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने बताउनु भयो ।  अधिकारीले व्यवसायीहरुको जवाफ आफूले दिन नसक्ने बताउनु भयो ।

त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको अमानवीय व्यवहारको भत्र्सना गर्ने बताउनु भयो । उहाँले सडकमा व्यापार व्यवसाय गरेर आफैँ स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले स्थानीय सरकार सबै जनताको अभिभावक भएपनि सरकार लुटेरा जस्तो भएको भन्दै व्यवसायीहरुसँग सहकार्य गरेर काम गरे सहयोग गर्न तयार रहेको बताउनु भयो ।

त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दा समेत मेयर साहले समय नदिएको बताउनु भयो । उहाँले फुटपाथ व्यवसायीहरुको रोजीरोटी खोसिएपछि न्यायाको लागि कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले व्यवसायीहरुलाई सडक पेटीमा व्यवसाय गर्ने ठाउँ नभएको थाहा भएको तर २४ घण्टामा २ घण्टा गरिखाने वातावरण मिलाउन माग गरेको बताउनु भयो । अध्यक्ष गुरुङले मेयर साहले १० औं हजार नागरिकले सडकमा रोइरहेको आवाज सुन्नुपर्ने बताउनु भयो ।

त्यस्तै,फुटपात व्यापारी रमा महतले १४ वर्षदेखि सुन्धाराको फुटपाथमा व्यापार गर्दै आएपनि अहिले महानगरले हटाएकाले दिनको ३ घण्टा व्यापार गर्नपाउनुपर्ने माग राख्न आन्दोलनमा आएको बताउनु भयो । निम्न आयस्रोत भएकाले गरिखान पाउनुपर्ने व्यवसायीहरुको माग रहेको छ । उहाँहरुले मेयर साहकोबिरुद्ध भन्दापनि फुटपाथ व्यवसाय गर्नको लागि विकल्प दिनुपर्ने माग रहेको बताएका छन् ।

कुनै विकल्प नदिई पूर्वसूचना बिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरबिरुद्ध आन्दोलन गरेका हुन् । काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रक्रिया विपरित निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन गरिरहँदा सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरबिरुद्ध प्रदर्शन गरेका हुन् ।