१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

परमादेश भन्दा ताजा जनादेश नै ठिक: डा. खिमलाल देवकोटा



अ+ अ-

काठमाडौं। राष्ट्रियसभाका सदस्य खिमलाल देबकोटाले  राजनीति स्थीरताका लागि निर्बाचन नै उत्तम बिकल्प भएको जनाउनु भएको छ ।  देबकोटाले संसदमा परमादेशको रोईलोबाहेक अरु खासै केही पनि नसुनिएको र  प्रदेश संसदको स्थिती पनि प्रायः यस्तै भएका कारण अलिकती राजनीति संङलिए पछि चुनावमा जाँदा नै बेश हुने जनाउनु भएको हो ।  

उहाँले लेख्नु भएको छ- संसदमा परमादेशको रोईलोबाहेक अरु खासै केही पनि सुनिदैन । प्रदेश संसदको स्थिती पनि प्राय यस्तै नै हो । अलिकती राजनीति संङलिएपछि चुनावमा जाँदा नै बेश होला । पाँच दलीय गठवन्धनलाई चुनावमा बहुमत ल्याउन खासै गाह्रो नहोला । मेरो विचारमा यो गठवन्धले चुनावमा दुई तिहाई भन्दा पनि अधिक जनादेश ल्याँउछ । हुन त तत्कालीन प्रधानमंत्री केपी शर्मा ओलीले दुई तिहाई वहुमत ल्याउछु भनेर दुई-दुई पटक संसद विघटन गराएका थिए । प्रचण्ड बहुमत ल्याएर मूलढोकाबाट नै छिर्छु भनेर संसदमै बोलिपनि सके । उनको ईच्छा पनि पुरा गरौ । चुनावमा नै जाऔ । तर चुनावका लागि केही आधारभूत शर्त  राजनीतिक दलहरुका बीच सहमती, न्यूनतम कानूनहरुको तर्जुमा, संसदमा विचाराधीन विधेयकहरुको अनुमोदन र सबै नागरिकहरुलाई कोभिड– १९ को खोप पुरा हुन जरुरी छ ।