११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद सभामुखको कार्यकक्षमा, सभामुख कार्यालयमा अनुपस्थित



अ+ अ-

काठमाडौं । १४ सांसदलार्ई पदमुक्त गरेको सूचना नटाँसेको भन्दै कुरा गर्न एमाले सांसदको टोली आएको जानकारी पछि सभामुख कार्यकक्षमा उपस्थित नै हुनु भएन । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले न्युजपोलारसंग भन्नुभयो- 'सभामुखले पदमुक्त भएको सुचना तत्काल सार्वजनिक गर्नुपर्नेमा उहाँ भाग्दै हिड्नु भएको छ कति दिन भाग्नु होला हामी पनि हेरौंला ।'

नेता भट्टराईले भन्नुभयो- 'पार्टीले गरेको सिफरिस कार्यान्वयन नगर्ने बिकल्प नै छैन यसमा सभामुखको स्वबिकेकीय अधिकारको कुरा नै छैन । उहाँ एमाले बिभाजनको मतियार बन्नुभएको छ, एमाले विभाजनको षड्यन्त्र उहाँका लागि आगामी दिनमा महँगो पर्नेछ । सभामुखको यस्तै रबैया रहे आगामी दिन कसरी संसद चलाउनु हुन्छ हामी पनि हेरौला ।'

यसअघि जनता समाजबादी पार्टीका सांसद सरिता गिरीको २४ घण्टा भित्र, माओबादी केन्द्रका ५ सांसदको ४८ घण्टा भित्र सूचना टाँस गरेका सभामुखले चार दिन पुरा हुँदा पनि चासो नदिएकोमा भट्टराईले आपत्ति जनाउनु भयो । बिहीबार पनि सभामुखसँग कुरा गरेका एमालेका सांसदहरुले शुक्रबार पुनः आउने जानकारी गराएका थिए ।

तर आज भने सभामुख प्रत्यक्ष सम्पर्कमा आउनु भएन । उहाँको सचिवालयमा सम्पर्क गर्दा विभिन्न कारण देखाइयो । एमालेका करिब १६ जना सांसद सभामुखको कार्यकक्षमा एक घण्टा जति बसेर फर्किएका छन् ।