२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ

एमाले सांसद सभामुखको कार्यकक्षमा, सभामुख कार्यालयमा अनुपस्थित

एमाले सांसद सभामुखको कार्यकक्षमा, सभामुख कार्यालयमा अनुपस्थित
अ अ+ अ-

काठमाडौं । १४ सांसदलार्ई पदमुक्त गरेको सूचना नटाँसेको भन्दै कुरा गर्न एमाले सांसदको टोली आएको जानकारी पछि सभामुख कार्यकक्षमा उपस्थित नै हुनु भएन । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले न्युजपोलारसंग भन्नुभयो- 'सभामुखले पदमुक्त भएको सुचना तत्काल सार्वजनिक गर्नुपर्नेमा उहाँ भाग्दै हिड्नु भएको छ कति दिन भाग्नु होला हामी पनि हेरौंला ।'

नेता भट्टराईले भन्नुभयो- 'पार्टीले गरेको सिफरिस कार्यान्वयन नगर्ने बिकल्प नै छैन यसमा सभामुखको स्वबिकेकीय अधिकारको कुरा नै छैन । उहाँ एमाले बिभाजनको मतियार बन्नुभएको छ, एमाले विभाजनको षड्यन्त्र उहाँका लागि आगामी दिनमा महँगो पर्नेछ । सभामुखको यस्तै रबैया रहे आगामी दिन कसरी संसद चलाउनु हुन्छ हामी पनि हेरौला ।'

यसअघि जनता समाजबादी पार्टीका सांसद सरिता गिरीको २४ घण्टा भित्र, माओबादी केन्द्रका ५ सांसदको ४८ घण्टा भित्र सूचना टाँस गरेका सभामुखले चार दिन पुरा हुँदा पनि चासो नदिएकोमा भट्टराईले आपत्ति जनाउनु भयो । बिहीबार पनि सभामुखसँग कुरा गरेका एमालेका सांसदहरुले शुक्रबार पुनः आउने जानकारी गराएका थिए ।

तर आज भने सभामुख प्रत्यक्ष सम्पर्कमा आउनु भएन । उहाँको सचिवालयमा सम्पर्क गर्दा विभिन्न कारण देखाइयो । एमालेका करिब १६ जना सांसद सभामुखको कार्यकक्षमा एक घण्टा जति बसेर फर्किएका छन् ।