३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यनिरुपण विधेयक: सहमति खोज्न कार्यदल गठन



अ+ अ-

काठमाडौँ । मानवअधिकार समितिको बैठकले सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसदको कार्यदल गठन गरेको छ ।

सात सदस्यीय कार्यदलमा नेकपा (एमाले) को बाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ र वर्षमान पुन तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

बुधबार दिउँसो कार्यदलको बैठक बस्नेछ । कार्यदललाई आजै बस्ने अपराह्न ४ बजे बस्ने बैठकमा मस्यौदामा सहमति जुटाउन मुख्य जिम्मेवारी दिइएको जनाइएको छ ।

समितिको आज बस्ने पूर्ण बैठकबाट सो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश गर्ने सरकार र सत्तारुढ दलहरुले तयारी गरेका छन् । यद्यपि केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

एमालेले विधेयकमा उल्लेख गरिएको द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान राखेको छ ।

सो अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव केही दलले राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोही मध्यमार्गी प्रस्तावउपरको छलफलमा भाग लिन पहिलोपटक मानव अधिकार समितिको बैठकमा सहभागी हुनुभएको थियो ।