• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ? ★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम ★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत



काठमाडौँ । नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ ।

अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो ।

सो चलचित्रमा कोभिड महामारीमा नेपाली जनताले भोगेका समस्या, बाँच्नका लागि उनीहरुले गरेको सङ्घर्ष र कोभिडलाई जितेको भोगाइ देखाइएको निर्देशक/निर्माता किशोर श्रेष्ठले बताउनुभयो । चलचित्रमा संवादको प्रयोग नगरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिडजस्तो महामारीबीच मानव जातिले गरेको सङ्घर्ष र जीवन उत्थानशीलता नै यो चलचित्रको मुख्य सन्देश हो । यो चलचित्र यसअघि फ्रान्सको प्रसिद्ध ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कृत भइसकेको छ ।