• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत



काठमाडौँ । नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ ।

अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो ।

सो चलचित्रमा कोभिड महामारीमा नेपाली जनताले भोगेका समस्या, बाँच्नका लागि उनीहरुले गरेको सङ्घर्ष र कोभिडलाई जितेको भोगाइ देखाइएको निर्देशक/निर्माता किशोर श्रेष्ठले बताउनुभयो । चलचित्रमा संवादको प्रयोग नगरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिडजस्तो महामारीबीच मानव जातिले गरेको सङ्घर्ष र जीवन उत्थानशीलता नै यो चलचित्रको मुख्य सन्देश हो । यो चलचित्र यसअघि फ्रान्सको प्रसिद्ध ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कृत भइसकेको छ ।