२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको छ – बालेन



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले डेंगु नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको बताएका छन् ।

मेयर शाहका अनुसार वडाको आकार अनुसार ठूला वडाहरूमा १ लाख, मध्यमका लागि ७५ हजार तथा साना वडाहरूमा ५० हजारका दरले बजेट छुट्याइएको छ ।

उनले अहिले डेंगुको प्रकोप बढिहरेको उल्लेख गर्दै जाडोमा डेंगु आफैं हट्छ भनेर जाडो नपर्खिन आग्रह समेत गरेका छन् ।

उनका अनुसार प्रत्येक विद्यालयमा विद्यालय नर्स र स्वास्थ्यकर्मीबाट विद्यार्थीहरुलाई डेंगुबारे सचेत गराउने कार्यक्रमको थालनी गरिएको, ब्रोसर ब्यानर छपाइ गरी घरदैलो कार्यक्रममा वितरण गरिएको, लामखुट्टेको बासस्थान र लार्भा खोजी गरि नष्ट गर्ने अभियान ३२ वटै वडामा सञ्चालन गरिएको छ ।

यस्तै, बुधबारदेखि प्रयोगशाला भएका क्लिनिकमा आरडीटी परीक्षण थालिने उनले जनाएका छन् ।