६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको छ – बालेन



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले डेंगु नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको बताएका छन् ।

मेयर शाहका अनुसार वडाको आकार अनुसार ठूला वडाहरूमा १ लाख, मध्यमका लागि ७५ हजार तथा साना वडाहरूमा ५० हजारका दरले बजेट छुट्याइएको छ ।

उनले अहिले डेंगुको प्रकोप बढिहरेको उल्लेख गर्दै जाडोमा डेंगु आफैं हट्छ भनेर जाडो नपर्खिन आग्रह समेत गरेका छन् ।

उनका अनुसार प्रत्येक विद्यालयमा विद्यालय नर्स र स्वास्थ्यकर्मीबाट विद्यार्थीहरुलाई डेंगुबारे सचेत गराउने कार्यक्रमको थालनी गरिएको, ब्रोसर ब्यानर छपाइ गरी घरदैलो कार्यक्रममा वितरण गरिएको, लामखुट्टेको बासस्थान र लार्भा खोजी गरि नष्ट गर्ने अभियान ३२ वटै वडामा सञ्चालन गरिएको छ ।

यस्तै, बुधबारदेखि प्रयोगशाला भएका क्लिनिकमा आरडीटी परीक्षण थालिने उनले जनाएका छन् ।