२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

रुस– युक्रेन तनावः पूर्वी युक्रेनमा भएको झडपमा १ सैनिकको मृत्यु, ६ घाइते

रुस– युक्रेन तनावः पूर्वी युक्रेनमा भएको झडपमा १ सैनिकको मृत्यु, ६ घाइते
अ अ+ अ-

एजेन्सी । युक्रेनमा रहँदै आएका रुस समर्थित अलगाववादिहरुले पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा आक्रमण गरेका छन् । 

आक्रमणका क्रममा एक युक्रेनी सैनिकले ज्यान गुमाएका छन् भने अन्य ६ जना घाइते भएका छन् । 

रुसले युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र देश घोषित गर्दै त्यहाँ सैनिक तैनाथ गरेको छ । जसकारण त्यस क्षेत्रमा झडपहरु बढेको छ । 

पछिल्लो २४ घण्टामा गोलाबारीको मात्रै ९६ घटनाहरु भएको बताइएको छ । यसभन्दा पहिले पूर्वी युक्रेनमा रुस समर्थित अलगाववादिहरुले एक कारलाई निशाना बनाएका थिए भने एक ग्यास पाइप लाइनलाई पनि विस्फोट गराई उडाएका थिए । 

यसैबीच, युक्रेनले संकटकाबीच विश्वकै ठूलो देश रुसलाई रोक्नका लागि प्रयासहरु द्रुत गतिमा अगाडी बढाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया र जर्मनीले रुसमा प्रतिबन्धको घोषणा गरेका छन् । 

युक्रेनका दुई प्रान्त लुहान्स्क र डोनेस्कमा पनि प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई बुधबार बिहान रुसले छुट्टै राष्ट्रको रुपमा मान्यता दिएको थियो ।

क्यानडाले बुधबार बिहान रुसी बैंकहरूमा प्रतिबन्ध लगाएको छ । जसअनुसार क्यानेडियनहरूले लुहान्स्क र डोनेट्स्कमा कुनै पनि आर्थिक लेनदेन गर्न सक्ने छैनन् । 

यसअघि अष्ट्रेलियाले पुटिनका शीर्ष सल्लाहकारहरूलाई प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्री स्कट मोरिसन भन्छन्, ‘हामीले रुसी संघको सुरक्षा परिषद्का आठ सदस्यको यात्रा र आर्थिक लेनदेनमा प्रतिबन्ध लगाएका छौं।’ उनले आगामी २४ घण्टाभित्र रुसले युक्रेनमाथि हमला गर्न सक्ने पनि बताए ।