२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छ: मन्त्री रेग्मी(भिडियोसहित)



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनु भएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताउनु भएको हो । त्यस अवसरमा उहाँले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले संचालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरुलाई निर्देशन समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ । यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन । यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ । यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ ।’

मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनु भयो ।

कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनर हल र ८ वटा शौंचालय रहेका छन । त्यस अवसरमा महिलाहरुको सिलाईकटाई तालिमको पनि शुभारम्भ गरिएको थियो । महिलाहरुलाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषदले जनाएको छ ।