१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द ह्वाइट लोटस’ले जित्यो उत्कृष्ट सिरिजको अवार्ड



अ+ अ-

एजेन्सी । टेलिभिजनको प्रतिष्ठित एमी अवार्डको ७४ औं संस्करणका विजेताहरूको घोषणा गरिएको छ । यस वर्ष एमी अवार्ड मंगलबार, सेप्टेम्बर १३, अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्नियाको माइक्रोसफ्ट थिएटरमा आयोजना हुँदैछ ।

संसारभरका टेलिभिजन प्रेमीहरू यो अवार्ड समारोहको उत्सुकताका साथ पर्खिरहेका थिए । अवार्ड समारोह अमेरिकाको एनबीसी र पिकक टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

एमी अवार्ड टिभी कार्यक्रमहरू, कलाकारहरू र प्राविधिकहरूलाई सम्मान गर्न आयोजना गरिन्छ । यस वर्ष स्क्विड गेम, स्ट्रेन्जर थिङ्स र ओजार्कले अवार्डमा १४ वटा मनोनयन प्राप्त गरेका छन् । ‘द ह्वाइट लोटस’ले उत्कृष्ट सिरिजको अवार्ड जितेको छ ।

यस्तै, सक्सेशनले एकैपटक २५ वटा मनोनयन प्राप्त गरेको छ । अवार्डका लागि सबै मनोनयनहरू १ जुन २०२१ देखि ३१ मे २०२२ सम्म प्रसारण हुने कार्यक्रमहरू र शृङ्खलाहरूको आधारमा चयन गरिएको छ ।