१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोड सहित चोरी (फाेटाे फिचर)

नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोड सहित चोरी (फाेटाे फिचर)
अ अ+ अ-

काठमाडौ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ ।मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका कर्मचारीलाई हातापात गरि तोडफोड गरेको छ । साथै तोडफोड पछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ । मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरि तोडफोड पछि त्यो समूहले चोरी गरेको जानकारी दिएको छ ।

स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु खड्का ल्याण्ड डेभलपमेण्टले भाडामा लिएर अवैध संरचना बनाएको त्यसलाई रोक्न खोज्दा खड्का ल्याण्ड डेभलपमेण्टका मान्छेहरुले नै स्काउट कर्मचारी तथा कार्यालयमा नै तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली.ले भाडा बापत ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा नतिरेकाले तीर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताउनु भयो ।

उहाँले खड्काल्याण्ड डेभलपमेण्टले भाडा पनि नतिर्ने तर स्काउटको सम्पत्तिमा अवैध संरचना बनाएकाले त्यसलाई रोक्न खोज्दा पूर्वराज्यमन्त्री समेत रहेका दिपक खड्काको नेतृत्वमा आएको एक समूहले कार्यालयमा तोडफोड गरेको बताउनु भयो । भण्डारीले अवैधानिक रुपमा बनाईएका संरचनाहरु हटाउन आग्रह गर्दा प्रालिका संचालक खड्काकै नेतृत्वमा राज्यको सार्वजनिक सम्पत्ति माथि तोडफोड भएको बताउनु भयो । उहाँले पछिल्लो समय नेपाल स्काउटले बालबालिका र युवाको नेतृत्व विकास तथा सम्पत्तिको संरक्षण गर्न नयाँ ढङगबाट अगाडि बढ्दा यस्तो अवस्था आएको बताउनु भयो ।

उहाँले यसरी राज्यको आडमा केही व्यक्तिहरुले स्काउटको कार्यालय तोडफोड चोरी गर्ने तथा कर्मचारीहरुलाई धम्की दिने काम अत्यन्त निन्दनिय भएको बताउनुभयो । भण्डारीले सार्वजनिक सम्पत्ती कब्जा गर्ने मनसाय स्काउट तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरुलाई यथासक्य छिटो पक्राउ गरि कानुनी दायरामा ल्याई हदै सम्मको कारवाही गर्न माग सरकारसँग माग गर्नु भएको छ ।

संयोजक भण्डारीले  भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि नेपाल स्काउटले स्थानीय तह तथा प्रत्येक विद्यालयका बालबालिकाको संरक्षण गर्ने नेतृत्व विकास गर्ने तथा युवाहरुलाई सामाजिक काम गर्न लगाउने गथितविधिहरु गर्दै गएका थियौँ । तर बीचमा विगत लामो समय देखि स्काउटको सम्पतिलाई छड्के आँखा लगाएर सम्पत्तीलाई कब्जा गर्ने , स्काउटको सम्पत्ति प्रयोग गरेर समयमा भाडा नतिर्ने र विगतका स्काउटको नेतृत्वलाई धम्की दिने प्रक्रिया चलेको थियो । त्यसको नेतृत्व पूर्वराज्य मन्त्री समेत हुनु भएका दिपक खड्काले गर्नु भएको थियो । राज्यको उपल्लो तहमा बस्नु भएको व्यक्ति हो । उहाँ जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले राज्यको सार्वजनिक सम्मत्तिलाई संरक्षण गर्नु पर्ने दायित्व रहँदा रहँदै पनि स्काउटकोे जग्गा भाडामा लिने काम गर्नु भयो । तर सम्झौता सकिएपछि पनि सम्झौता अनुसार समय छ भनेर अदालतबाट आदेश लिएर केही समय कायम रहेको छ । त्यस समयमा रहँदा अरु स्काउटको सम्पत्तिलाई सुरक्षित गर्ने काम गरिहेका थियौँ ।

स्काउटले देशभरीका सम्पत्तिलाई संरक्षण गर्दागदै पनि स्काउटको सम्पत्तिलाई आकर्षमण गर्ने काम गर्ने र यहाँको लामो देखि ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा तिर्नु पर्ने छ तर स्काउटले बारम्बार पत्रचार गर्दा समेत भाडा तिरेको छैन । भाडा तिर्न भन्दा हाम्रा कर्मचारीहरुलाई धम्काउने र्तसाउने,र्थकाउने काम लामो समय देखि गरिएको छ । विगतमा पनि स्काउटले अवैध रुपमा बनाएकार संरचना भत्काउने काम गर्दा विभिन्न प्रलोभन देखाएर ढाकछोप गर्ने काम गर्दा समेत स्काउटले स्काउटको सम्पत्तिलाई संरक्षण गर्ने काम गरेको छ । त्यो देखर हाम्रो नेतृत्वलाई विगठन गर्ने कर्मचारीलाई धम्काएर भाडा नतिर्ने काम निरन्तर भयो ।

जब अदालतबाट पुननियुति भएर आफू आएपछि स्काउटको सम्पत्ति संरक्षण गर्ने दायित्व राज्य हो । अब नयाँ ढङगले अगाडी बढ्ने अभियान चलाएका छौंँ । त्यही पक्रिया अनुसार स्काउटको सम्पत्तिमा अवैध रुपमा बनाएको संरचना भत्काउने प्रयत्न गरेका थिर्यौँ  प्रयत्न गर्दा पूर्वराज्य मन्त्रीको नेतृत्वमा स्काउटका कर्मचारीलाई धम्काउने काम भएको छ । आज अचानक कार्यालयमा आएर दिउँसै एक खालका व्यक्तिहरुलाई पठाएर तोडफोड गरि चारेर लानेक काम भएको छ । त्यसको नेतृत्व खड्का डेभलम्भमेन्ट पालीले गरेको छ ।’

उहाँले स्काउट नेपाल सरकारकै एक अभिन्न अंग समेत रहेको सार्वजनिक कार्यालयमै समेत यस्तो किसिमको घटना हुनु मुलुकको सुरक्षा व्यवस्था प्रति नै चुनौति दिएको बताउनु भयो । सार्वजनिक सम्पत्तीको तोडफोड र ल्यापटप चोरीमा संलग्न खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली. र संचालक दिपक खड्का लगायतलाई कानुनी कारबाही गर्न तथा सार्बजनिक सम्पत्तीको रक्षा गर्न र राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षाका दिन सरकारसँग नेपाल स्काउटले माग गरेको छ ।