२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पदयात्रा गर्ने भएको छ । पार्टीले संविधान दिवसको अवसरमा आगामी असोज १ गते काठमाडौँका विभिन्न पाँच ठाउँबाट पदयात्रा निकाली वसन्तपुर पुगी समापन गर्नेछ ।

उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्र्घषपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यस वर्ष पदयात्रा आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार पदयात्रा बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट निस्कने छ । वसन्तपुरमा आयोजित सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

पार्टीले पदयात्रामा देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आमजनसमुदायलाई सहभागिताका लागि आह्वान गरेको छ ।