• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

गठबन्धनका शीर्ष नेताको बैठक आज पनि निष्कर्षबिनै सकियो



file

काठमाडौं । सीट बाँडफाँटबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि निष्कर्षमा नपुगी सकिएको छ ।

बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एउटै सीटमा दोहोरो–तेहेरो दाबी परेपछि सिट बाँडफाँट गर्न सकस परेको उनको भनाई छ ।

यस्तै, दलहरूले आ–आफ्नो अडान कायमै राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।