• ७ श्रावण २०८१, सोमबार
  •      Mon Jul 22 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै ★   कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस मनाईदै ★   प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर ★   काठमाडौंमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान ★   अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो ★   मधेश र कर्णालीबाहेकका प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति दौडबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन ★   एसिसी महिला एसिया कप: पाकिस्तानसँग नेपाल नौ विकेटले पराजित ★   काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस ★   गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छ: राष्ट्रपति



file

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली सिर्जनाहरु पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पु¥याएर प्रमाणित गर्नु आजको आवश्यक्ता रहेको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली भूमी ज्ञान भूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ । यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ । नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ । नेपाली सिर्जनाहरु पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पु¥याएर प्रमाणित गर्नुपर्छ । साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको साधकहरुलाई सम्मान गर्न पाउँदा आज गौरवभुत भइरहेको छ । कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्छ भने नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्नेछ ।’

राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।