• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर ★   रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा ★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ? ★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते ★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज

खासामा रोकिएका आठ कन्टेनर नेपालमा



file

सिन्धुपाल्चोक । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर स्याउ बिग्रिसकेका बताइएको छ । कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले बताउनुभयो ।

गत साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए । तातोपानी हुँदै आउने डेढ सयभन्दा बढी दसैँ लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर उतै थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयमा आइतबार हिमालपारि व्यापार सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आग्रह गरेका थिए ।