१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने: मन्त्री चौधारी



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताउनुभएको छ ।

आईतवार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रीपरिषद्ले छुट्टै आयोजना बनाउने प्रश्ताव पास गर्ने बताउनु भयो ।

मन्त्री चौधरीले कोरिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट बिस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताउनु भयो ।

मन्त्री चौधरीले संसद थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशत भन्दा बढी सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ । उहाँको निर्वाचन क्षेत्र पनि हो । उहाँलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन । गगनकुमार थापालाई मन्त्रालयले १०० प्रतिशत भन्दा माथि सहयोग गर्न तयार छ । यो कोरिडोलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौं । कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ । अब बस्ने मन्त्रीपरिषद्को बैठकमा छुटै आयोजना बनाएर कोरिडोर बनाउने प्रश्ताव पास हुन्छ । कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्ने मात्रै कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न । यस्ता छलफल जनतालाई दिने खालको नगर्न हुँदैन ।’

मन्त्री चौधरीले कोरिडोरको विषयमा आफूले कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्ने बताउनु भयो । उहाँले कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताउनु भयो ।