• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता ★   जलवायु परिवर्तन र वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ ठूला सहर प्रमुखहरुको प्रतिबद्धता ★   हरमनप्रीत कौरले धोनी–कोहली जस्ता दिग्गजहरूलाई पछि पारिन् ★   सैंबु खुला ब्याडमिन्टन: सेमिफाइनलका खेलहरु सम्पन्न, फाइनल खेल शनिबार ★   एमालेको सङ्कल्प यात्रा पर्वतमा ★   मन्त्रिपरिषद्को बैठक बस्दै ★   चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक ★   एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा ★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो ★   एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी

जोर्डन मरुभूमिमा नौ हजार वर्ष पुरानो मन्दिर फेला



अम्मान । जोर्डन र फ्रान्सेली पुरातत्वविद्हरूको टोलीले जोर्डनको पूर्वी मरुभूमिको दुर्गम नियोलिथिक साइटमा लगभग नौ हजार वर्ष पुरानो मन्दिर फेला पारेको बताएको छ।

सो मन्दिर ‘डेजर्ट काइट्स’ भनेर चिनिने ठूला संरचनाहरू नजिकको नियोलिथिक क्याम्पसाइटमा फेला परेको थियो । डेजर्ट काइट्स सामूहिक जालहरू जङ्गली चराहरु पाल्नका लागि प्रयोग गरिन्छ ।

त्यस्ता पासोहरूमा दुई वा बढी लामो ढुङ्गाको पर्खालहरू हुन्छन् जुन घेरातिर जान्छ । यी मध्यपूर्वको मरुभूमिहरूमा छरिएका अवस्थामा पाइन्छन्।

“यसको संरक्षणको अवस्थाका कारण साइट अद्वितीय छ”, परियोजनाका सह(निर्देशक एवं जोर्डनका पुरातत्वविद् वेल अबु–अजिजाले भने, “यो नौ हजार वर्ष पुरानो हो र सबै कुरा लगभग अक्षुण्ण थियो।”

मन्दिरभित्र दुई उभिएका पत्थर थिए । जसमा मानव आकृतिहरु थिए र एउटा ‘डेजर्ट काइट’ को प्रतिनिधित्व थियो । साथै एउटा वेदी, चुलो, समुद्री गोला र केही जालहरु थिए । 

अन्वेषकहरूले मङ्गलबार एक विज्ञप्तिमा भनेका छन्, “मन्दिरले सङ्केतवाद, कलात्मक अभिव्यक्तिका साथै यी अहिलेसम्म अज्ञात नियोलिथिक जनसङ्ख्याको आध्यात्मिक संस्कृतिमा नयाँ प्रकाश पार्छ।” एजेन्सी