११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

‘गण्डकीलाई समृद्ध र उत्कृष्ट प्रदेश बनाउने सपना साँचेको छु’

‘गण्डकीलाई समृद्ध र उत्कृष्ट प्रदेश बनाउने सपना साँचेको छु’
अ अ+ अ-

लमजुङ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा प्रदेशको विकासका लागि धेरै काम अगाडि बढाएको बताउनुभएको छ ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री गुरूङले तीनबर्ष मुख्यमन्त्री भएर काम गर्दा समय कम भएकाले चाहेको काम पूरा गर्न नपाएको बताउनुभयो ।

शनिबार बेंसीशहर नगरपालिका–९ सितलपाटीमा आयोजित भवन उद्घाटन कार्यक्रममा उपमहासचिव गुरूङले राजनीतिक अस्थिरताका कारण मुख्यमन्त्रीबाट हट्नुपरेको भन्दै प्रदेशको समृद्धि, विकासका लागि आफू निरन्तर लाग्ने स्पष्ट गर्नुभयो ।

उहाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि लमजुङ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट प्रत्यक्षमा उम्मेदवारका लागि सिफारिश हुनुभएको छ ।

आफ्नो पालामा प्रदेशका ८५ स्थानीय तहका पालिका केन्द्रसम्म बाह्रै महिना चल्ने दुई लेनको बाटो बनाउन थालिएकोमा अहिले अलपत्र रहेको उहाँले बताउनुभयो ।

प्रदेशका पाँच लाख ७८ हजार घरधुरीमध्ये ८५ हजार घरधुरीमा बिजुली नभएकाले आफ्नै पालामा बिजुली पुर्याउने, प्रदेशलाई उज्यालो प्रदेश बनाउने लक्ष्य रहेकोमा काम अधुरा रहे पनि अब बन्ने एमालेको सरकारले ति कामलाई पूर्णता दिने पूर्वमुख्यमन्त्री गुरूङको भनाई थियो ।

आफ्नो पालामा युवालाई सीपमूलक तालिमका लागि विदेशमा पठाउने, छोरीलाई प्राविधिक शिक्षाका लागि अनुदान दिने, सुत्केरी गराउन समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गर्ने, कृषि उत्पादनमा जोड, घरवास कार्यक्रम, सडक, बिजुली, पानी, स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको उहाँले बताउनुभयो ।

नेता गुरुङले संविधानमै सबै नागरिकले गास, बास, कपास, शिक्षा, उपचार, बिजुली पाउनुपर्छ भन्ने उल्लेख गरेको र यसलाई पूरा गर्न संघीय शासन प्रणाली आएको बताउनुभयो ।

‘जनतालाई सुख दिने, समृद्ध प्रदेश बनाउने सपना थियो । प्रदेशलाई नेपालकै उत्कृष्ट प्रदेश बनाउने सपना थियो । त्यो अवसर गुम्यो, अब ति काम पूरा गर्न एमाले त्यहीँ जिम्मेवारीमा पुग्नुपर्छ ।’ एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घलेले तत्कालीन जिल्ला विकास समितिको सभापति भएर जिल्लाको विकासको खाका कोर्ने काम आफूले गरेको बताउनुभयो ।