७ कार्तिक २०८१, बुधबार
,
Latest
केएल राहुलको बचाउ गर्दै गौतम गम्भीरले भने – सामाजिक सञ्जालले प्लेइङ–११ तय गर्दैन भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने व्यावसायिक एवम् निष्ठावान हुन प्रहरी महानिरिक्षकको मातहतका निकायलाई निर्देशन जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामी बढ्दै विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु ग्लोबल आइएमई बैंकको मुनाफा २३.३६ प्रतिशतले बढ्यो ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध सत्तारुढ दलको बैठकः राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमै फर्किए डा. बालकृष्ण चापागाईं



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईं नेकपा (एमाले) मा फर्कनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा आज चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुनुहुन्छ । नेकपा (एमाले) का पुराना कार्यकर्ता चापागाईं गतबर्ष पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।

नेकपा एसका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज हुनुहुन्थ्यो ।

एमालेमै फर्कनुभएपछि डा।चापागाईंले नेपालको राजनीति एकातिर बामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई धू्रबमा विभाजित रहेको र बामपन्थी, प्रगतिशील धारको नेतृत्व नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले मात्र गर्नसक्नुहुन्छ भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताउनुभयो ।

मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईंले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताउनुभयो ।