१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छः मन्त्री गहतराज



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गहतराजले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताउनु भयो । उहाँले देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने बताउनु भयो ।

मन्त्री गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा विभाजन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले राज्यकै नीतिमा पनि अन्तरबिरोध भइरहेको बताउँदै यसलाई समयानुकुल परिमार्जन गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले जुन मन्त्रालय सम्हालीरहेको छु, मलाई अहिले अनुभुति भएको छ, हामीले हिजो जुन मन्त्रालय बनायौँ, यो मन्त्रालयको कार्य विभाजन अझै मिलिरहेको छैन भन्ने लागेको छ । त्यसैले मैले अहिले छलफल गरिरहेको छु, युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा बाँड्नुपर्छ । एउटा युवा, श्रम तथा रोजगार मन्त्रालय र अर्को खेलकुदलाई पनि शिक्षाकै रुपमा लिएर शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक छ । एकातिर खेलकुद र अर्कोतिर युवाहरुको विकास छ ।

अहिले राज्यकै नीति पनि अन्तरबिरोध भइरहेको छ । एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिट्यान्स ल्याउन बाहिर जानुपर्छ भनेर मेनपावर गुहार्दै हिँड्छ । हामीलाई रेमिट्यान्स चाहिन्छ, दक्ष जनशक्ति बाहिर श्रमको लागि पठाउनु पर्छ । अब युवाहरुलाई रोजगार सिर्जना गर्ने, देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्छ । जसले यी मुद्दालाई अघि बढाएर जान्छ, तिनै पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्छ ।’

मन्त्री गहतराजले प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले एकद्वार प्रणालीबाट युवाहरुलाई तालिम दिने हो भने करिव ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताउनु भयो ।