२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रकरण: राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला गरेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ ।

विरोधमा नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहनको प्रयास समेत गरेको छ ।

विद्यार्थीहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीमाथि विद्यार्थीहरुले ढुंगामुढासमेत गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थीहरुसँग केही ठाउँमा झडपसमेत भएको थियो ।

विद्यार्थीहरुको प्रदर्शनका कारण सो ठाउँमा सवारीसाधनको आवागमनसमेत रोकिएको थियो ।