१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सुनसरीका किसान ‘बालुवा खेती’मा आकर्षित (भिडियो)

सुनसरीका किसान ‘बालुवा खेती’मा आकर्षित (भिडियो)
अ अ+ अ-

सुनसरी । सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन । अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोशी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषक समेत हुन । उनले यस अघिका बाली भने उठाई सकेका छन । मनग्यै आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिगाह भन्दाबढी बालुवामा मौसमी खेती लगायतका विभिन्न बाली लगाएका छन ।

गाउँपालिकाको सहयोगमा राजस्थान समेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेला कागती खेतीसँगै अन्य बाली उब्जाउको क्रममा छन । अलीले बालुवामा लगाएको बालीमा डिप बोरिङ र थोपा सिँचाईको माध्यमबाट पानीको प्रबन्ध मिलाएका छन । जलकुम्भी लगायतका झारपात कुहाएर प्राङगारिक मल बनाइएको छ । बालुवालाई उब्जाउ योग्य बनाउन बाहिरबाट माटो ल्याएर लेबलिङ गरी अलीले खेती गरेका छन ।

कृषि पेशालाई निरन्तरता दिएका अली आधुनिक खेती थालेसँगै आम्दानी समेत मनग्यै कमाएको बताउँछन । उनी भन्छन, “घर खर्च मज्जाले चल्छ । पहिला एउटा ट्याक्टर थियो । अहिले तीनटा भैसक्यो । राम्रो आम्दानी छ ।”अलीसँगै उनका छोरा समेत यही पेशामा छन । ६ वर्ष बिदेशमा श्रम गरेका समी उल्लाह दुःख र कष्ट सहनु परेको र कमाई समेत राम्रो नभएपछि घर फर्किएका छन । उनी समेत बाबुले धानेको पेशामा मनग्यै कमाई देखेपछि खेती किसानीमै रमेका छन ।

कोशी गाउँपालिकामा ३३ सय विगाह जग्गा बालुवा जमिन छ । सप्तकोशीको बाढीले बालुवामा परिणत गरेको बन्जर जमिनलाई गाउँपालिकाले लेवलिङ गर्ने देखि किसानकालागि राहत प्याकेजका काममा सघाउदै आएको छ । विदेशमा कष्ट सहेर काम गरिरहेकाहरुका लागि सुनसरीको कोशी गाउँपालिकाका यी बाबु र छोराको लगन र परिश्रम पक्कै उदाहरणीय बन्न सक्छ ।