७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

महानगरको अभियानमा नागरिकको साथ

महानगरको अभियानमा नागरिकको साथ
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ ।

शाक्य भन्नुहुन्छ, “यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको संरचना कसैको भत्काउने कसैको नभत्काउने गरियो भने यसमा विमति जनाइन्छ अन्यथा सकारात्मक कार्यको थालनीमा सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।

“नगरप्रमुख साहले अवैध संरचना भत्काउने सम्बन्धमा अहिलेसम्म गरेको अध्यास ठीक छ । कानुनविपरीतका संरचना भत्काउँदा व्यक्तिगतरूपमा व्यक्तिलाई घाटा वा नाफाभन्दा पनि सामूहिकरूपमा यसको प्रभाव के हो भन्ने विषय प्रमुख हो”, शाक्यले भन्नुभयो ।

दश वर्षदेखि काठमाडौँ बस्दै आउनुभएकी धादिङकी फूलमाया तामाङ पनि कामपाले सुरु गरेको अवैध संरचना भत्काउने र फुटपाथमा सञ्चालन हुँदै आएको पसल हटाउने कार्यलाई राम्रो भन्नुहुन्छ । यसरी संरचना भत्काइरहँदा नगरप्रमुखको नजर गरिखाने वर्गमा मात्रै नपरोस्, कानुन सबैमा बराबर लागू होस्, हुनेखानी र पहुँचवालालाई पनि यसले आभाष दिलाओस् यसमा हाम्रो सहयोग नै रहन्छ ।

फूलमाया र मञ्जलीले जस्तै कामपा वडा नं १७ का यशोधा थापाको भनाइ पनि प्रमुख साहको समर्थन गर्ने पक्षमा नै छ । शिक्षण पेशा गर्दै आउनुभएकी थापाले भन्नुभयो, “नगरपिताले केही सकारात्मक परिवर्तन गर्न खोज्नुभएको छ, त्यसमा हाम्रो साथ रहन्छ ।”

कामपाको भित्री क्षेत्रमा कुनै पनि समयमा सहजरूपमा आवतजावत गर्न सकिँदैन, जताततै पसल छ, पसलको कारण कठिन भयो भन्न पाइँदैन उल्टै पसल सञ्चालकले नै गाली गर्छन् उनीहरुसँग डराएर हिँड्नुपर्ने अवस्था छ, प्रमुख साहको कदमले आगामी दिनमा उक्त समस्याबाट मुक्त पाउने विश्वास शिक्षक थापाको छ ।

थापा भन्नुहुन्छ, “यो काम राम्रो छ, यसलाई महानगरको सबै स्थानमा अनुगमन गरी गैरकानुनी संरचना भत्काउने र नागरिक आवतजावतगर्ने बाटोमा सञ्चालन भइरहेका सबै पसल हटाउनुपर्छ ।”

थापा र शाक्यको भन्दा फरकमत छ रामेछामको अर्पण केसीको । उहाँले १३ वर्षदेखि असनको फुटपाथमा सञ्चालित जुत्ता व्यापारबाट छोराछोरीको लालनपालनगर्दै आउनुभएको थियो । पछिल्लो समय कामपाले अवैध संरचनासँगै फुटपाथ पसल हटाउने कामपले धेरैको व्यापार–व्यवसायमात्रै होइन, दैनिक खाने गाँससमेत खोसिएको छ । संरक्षण गर्नुपर्ने निकायले झनै विजोग बनाएर छाडेको उहाँले दुःखेसो पोख्नुभयो ।

चाडवाडको मुखमा महानगरले धेरैको बिजोग बनाएको उहाँको गुनासो छ । “लामो समयदेखि गरिँदै आएको पेशामात्रै खोसिएको छैन, काम गर्ने स्थान पनि खोसिएको छ”, केसीले भन्नुभयो, “हटाउँदा पनि विकल्प दिनुपथ्र्यो”, उहाँले भन्नुभयो । कामपाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर गरिरहेको छ ।

कामपाले यसलाई अभियानका रूपमा नै अघि बढाएको भन्दै यो कार्य कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने अडान लिएको छ । कानुनीरूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ, त्यसका लागि कामपाले नक्साअनुरुप वैध–अवैध यकिन गरिरहेको छ, कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो ।

“नक्साविपरीतका संरचना, नक्सापास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ”, उहाँले भन्नुभयो । यो कामलाई अभियानका रूपमा सञ्चालन गरिने र महानगरको ३२ सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिने छैन, महानगरप्रमुख साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नुभयो ।

यस सम्बन्धमा कामपाको ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो र सम्बन्ध भएका व्यक्ति वा संस्थाले यसको बेवास्ता गरेपछि कामपाले अवैध संरचनामा डोजर चलाउन थालेको हो ।

कहाँ–कहाँ भत्काइए संरचना ? 

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि मापदण्डविपरीत प्रयोग भएका संरचना भत्काइएका छन् ।

त्यस्तै त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन पनि महानगरप्रमुख साहको निर्देशनमा हटाइसकेको छ । एक साताअघि वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भ¥याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ ।

त्यसैगरी बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानुनविपरीत निर्माण भएका संरचना भत्काएको छ । गत आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५० भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दा बढी अवैध संरचना भत्काएको हो ।

यसरी भत्काइएका संरचनाअन्तर्गत सडकपेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ रहेको कामपाको भनाइ छ । अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान असन र इन्द्रचोकमा अस्तव्यस्तरूपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अण्डरग्राउण्ड पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । रासस