२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडियन राजु श्रीवास्तव अस्पताल भर्ना भएको एक महिना पूरा



अ+ अ-

एजेन्सी । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तव एक महिनादेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन् । राजुका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको लागि दिनरात प्रार्थना गरिरहेका छन् । अगस्ट १० मा दिल्लीको एक होटलको जिममा हृदयघात भएपछि उनलाई एम्समा भर्ना गरिएको थियो ।

पूरै १ महिनामा उनको स्वास्थ्यमा लगातार उतारचढाव भइरहेको थियो । आईसीयूमा भर्ना हुँदा उनको स्वास्थ्य दुई पटक बिग्रियो भने दुवै पटक उनले मृत्युलाई जिते ।

गत बुधबार दिउँसो २ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म राजुको आँखामा हल्का हलचल देखिएको परिवारका सदस्यले बताएका छन् । जबकि डाक्टरहरु यसलाई होसमा आउनु नभएको बताउँछन् ।

राजुलाई होशमा ल्याउन उनलाई मनपर्ने अभिनेता अमिताभ बच्चनको रेकर्ड गरिएको सन्देश राजुलाई सुनाइएको थियो । त्यसको बाबजुद २५ अगस्टमा उनले केही समयका लागि आँखा खोले ।

१९ अगस्टमा राजुको मस्तिष्कमा संक्रमण फैलिएपछि उनको अवस्था निकै नाजुक बन्दै गएको थियो । डाक्टरहरु पनि निकै चिन्तित थिए । बाँच्ने आशा पनि निकै कम थियो । यसअघि १० अगस्टमा हृदयघात भएपछि उनी मृत्युसँग लडेर विजयी भएका थिए ।