७ कार्तिक २०८१, बुधबार
,
Latest
सुस्ताको सास्ती नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छः मन्त्री ढकाल पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा बाढी र पहिरो अपडेटः ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, ७ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौँ । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।

पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उहाँले बताउनुभयो ।

यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् । बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तस्बिर: नरेन्द्रसिंह कार्की-रासस