६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला बाढी पहिरो अपडेटः एकजनाको मृत्यु, सात बेपत्ता



अ+ अ-

काठमाडौँ । अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका एकजनाको शव भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । अन्य सात जना बेपत्ता छन् । महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताउनुभयो ।

यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।