१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सर्कुलर

भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सर्कुलर
अ अ+ अ-

काठमाडौँ। सत्तारुढ घटक नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।  

भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेसले जनाएको छ । 

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्। यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुने उनको भनाई छ।

सत्ता गठबन्धन भित्रै पनि नेपाली कांग्रेस एमसीसीको पक्षमा रहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन् । 

जसकारण एमसीसी पास गर्न कांग्रेसले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ। यद्यपि, एमालेले भने पहिले संसदमा आफूहरुले उठाएको माग पूरा गर्नुपर्ने अडान लिँदै एमसीसीबारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन।