६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लुम्बिनीका सांसद शाहीलाई हटाउन नमल्ने लुम्बिनीका सभामुखको निर्णय

लुम्बिनीका सांसद शाहीलाई हटाउन नमल्ने लुम्बिनीका सभामुखको निर्णय
अ+ अ-

काठमाडौं । सभामुख पूर्णबहादुर घर्तीले लुम्बिनी प्रदेश सभाका सदस्य अजय शाहीलाई सांसद पदबाट हटाउन नसकिने निर्णय गरेका छन्। सभामुख घर्तीले सूर्य चिह्नबाट चुनाव जितेका सांसद शाहीलाई पदबाट हटाउन नसकिने निर्णय गरेका हुन् । शाहीले २०७४ को प्रदेश सभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए। उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं। १ ‘क’ बाट निर्वाचित भएका थिए।

उनले २०७४ सालमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा समर्थन गरेका थिए। पछिल्लो पटक नेकपा (माओवादी केन्द्र)को तर्फबाट मुख्यमन्त्री नियुक्त भएका कुलबहादुर केसीको समर्थन गरेका छन्।मुख्यमन्त्री केसीलाई समर्थन गरेपछि नेकपा (एमाले) संसदीय दलले उनलाई सांसदबाट हटाउने निर्णय गरेको थियो। त्यहिअनुसार, उनी पदमुक्त भएको प्रदेश सभामा जानकारी गराउन एमाले संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालले पत्र पठाएका थिए।

एमाले संसदीय दलको मागअनुसार, शाहीलाई सांसदबाट पदमुक्त गर्न नसकिने सभामुख घर्तीले निर्णय गरेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनमगरले जनाएका छन्। उनले एमाले संसदीय दललाई पठाएको पत्रमा भनिएको छ, “नेकपा ९एमाले० लुम्बिनी प्रदेश सभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम सूचना दिन पाउने वा नपाउने भन्ने प्रश्न उठ्न गएकाले उक्त सूचना सोही ऐनको दफा ३५ बमोजिम सदनमा जानकारी दिन नसकिने गरी माननीय सभामुखज्यूबाट मिति २०७८र०५र०४ मा निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।”

सभामुख घर्तीले पदमुक्त भएको जानकारी दिन नसकिने निर्णय गरेसँगै सांसद शाहीको पद जोगिएको छ। उनी एमालेमा नरहेको र त्यो पार्टीको सदस्यको हैसितयले चुनाव नलडेको भएकाले एमालेले कारबाही गर्न नसक्ने सभामुखले निर्णय गरेका हुन्।