६ कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म निर्दोष छु– सन्दीप लामिछाने



file
अ+ अ-

काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन वेस्ट इन्डिज (जमैका) मा रहेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आधारहीन आरोपहरुको सामना गर्न सीपीएलबाट बिदा लिएर केही दिनभित्रै नेपाल फर्कने बताएका छन् ।

उनले भनेका छन्, “म यी सबै आधारहीन आरोपहरुको सामना गर्न तयार छु, निर्दोषलाई न्याय मिलोस् र सम्बन्धित सबैको सही छानबिन होस् ।”

नेपालको सम्मानित कानूनप्रति पूर्ण विश्वास रहेको भन्दै उनले कानूनले समान व्यवहार गर्ने आशा गरेका छन् ।