२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 4.63

Humidity: 41

Latest
विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान, पूर्वउपराष्ट्रपति पुन पनि सहभागि पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश ‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’ सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार: ट्रम्पका दूत सुनचाँदीको मूल्य घट्यो पञ्जाब किंग्सलाई ठूलो झट्का, स्टार खेलाडी आइपीएल २०२५ बाट बाहिरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्छ: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

सन्देशमा उहाँले काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिको सन्देशमा कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ ।

यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्दछ । रासस