२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार सिफारिस: प्रतिनिधिसभामा सहज, प्रदेशसभामा कठिन



अ+ अ-

पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका बेला यहाँ भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाका उम्मेदवार छनोट गर्न दलहरूलाई कठिन परेको छ ।

गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेकपा (एमाले)ले प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस ग¥यो । एमाले जिल्ला कमिटीको बैठकमा पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले मात्रै उम्मेदवार बन्ने आकाङ्क्षा राख्नुभएको सो पार्टीका सचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वमन्त्रीसमेत रहनुभएका उक्त पार्टीका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फे, प्रदेश कमिटी सदस्यद्वय नरेन्द्रकुमार बस्नेत र आशारत्न जबेगूको नाम सर्वसम्मत सिफारिस भएको सापकोटाको भनाइ छ ।

प्रदेशसभा (क)का लागि पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको सो दलले प्रदेशसभा (ख) मा भने जिल्लामा सहमति जुटाउन सकेन । तीन दिनसम्म प्रयास गर्दासमेत जिल्लामा सहमति नजुटेपछि तीन जना आकाङ्क्षीको नाम प्रदेश कमिटीमा पठाइएको सापकोटाले जानकारी दिनुभयो । एमालेले सो क्षेत्रको उम्मेदवारका लागि केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेश कमिटी सदस्य कृष्णकुमार आङदेम्बे र जिल्ला कमिटी उपाध्यक्ष धनकुमार फियाकको नाम सिफारिस गरेको हो ।

प्रदेशमा समानुपातिकतर्फ उम्मेदवार बन्ने आकाङ्क्षी नेताहरूको पनि एमालेमा ठूलो सङ्ख्या रहेको सापकोटाले बताउनुभयो । “केन्द्रीय सदस्य श्रीप्रसाद जबेगूसहित आठ–दश जना नेताहरूले प्रदेश समानुपातिकको उम्मेदवार बन्ने चाहना राख्नुभएको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसले सामान्य असन्तुष्टिका बाबजुद प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सहमहामन्त्री भीष्मराज आङदेम्बेको एकल नाम सिफारिस ग¥यो । जिल्ला कार्यसमितिका उपसभापति डिकेन्द्रकुमार चेम्जोङ र फिदिम नगर कार्यसमितिका सभापति प्रकाश गुरुङले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकाङ्क्षा राखेको भए पनि कार्यसमितिले आङदेम्बेको एकल नाम सिफारिस गरेको छ ।

“उपसभापति चेम्जोङले आङदेम्बेको एकल नाम सिफारिस गर्न सहमति जनाउनु भएपछि कार्यसमितिले सर्वसम्मतरूपमा सिफारिस गरेको छ”, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव दीपक नेपालले भन्नुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सुरेन्द्रकुमार दाहालसहित आठ जनाको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेसले सहमति जुटाउन सकेको छैन । यसकारण प्रदेश निर्वाचन क्षेत्र कार्यसमितिबाट सिफारिस भइआएका नामहरूलाई प्रदेश कार्यसमितिमा सिफारिस गरी पठाइएको सचिव नेपालले जानकारी दिनुभयो ।

विशेषतः प्रदेशसभा ९क०को उम्मेदवार टुङ्ग्याउन कांग्रेसमा सकस देखिएको छ । जिल्ला कार्यसमितिका सभापति रुपनारायण जबेगू र निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ टिकटको दौडमा हुनुहुन्छ । क्षेत्रीय कार्यसमितिका सभापति भगीश्वर योङहाङ र कार्यसमितिका सदस्य लवदेब ढुङ्गाना गरी चार जनाको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको छ ।

प्रदेशसभा (ख)तर्फ भने आकाङ्क्षी नेताहरूको सङ्ख्या झनै ठूलो छ । गठबन्धन बनेको अवस्थामा यो क्षेत्र कांग्रेसले पाउने सम्भावना निकै कम भए पनि नेताहरू गंगाबहादुर आङदेम्बे, गोपालप्रसाद पोखरेल, चन्द्रकुमार आङदेम्बे, जीतबहादुर भण्डारी ९जीतेन्द्र०, धर्मेन्द्रबिक्रम नेम्वाङ, मुनेन्द्रविक्रम नेम्वाङ, सन्तोषप्रकाश रिजाल र होमनाथ थापा यस क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारको आकाङ्क्षी रहनुभएको छ । कांग्रेसमा प्रतिनिधिसभाको समानुपातिकतर्फ आठ जना, प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं (क) बाट १९ जना र क्षेत्र ९ख ०बाट १७ जना नेताहरू उम्मेदवार बन्न आकाङ्क्षी देखिनुभएको छ ।

गठबन्धनमा एक प्रदेशसभा सदस्यको उम्मेदवार पाउने आकलन गरिएको नेकपा (माओवादी केन्द्र)बाट समेत प्रतिनिधिसभाको उम्मेदवारमा एकल तथा प्रदेशसभाको उम्मेदवारमा एकभन्दा बढी नाम सिफारिस भएका छन् । माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य दिनेशकुमार लावतीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ नं प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ र समानुपातिकतर्फ नरबहादुर दुलालको एकल नाम सिफारिस भएको छ ।

प्रदेशसभातर्फ भने एकभन्दा बढी नाम सिफारिस भएका छन् । प्रदेशसभा क क्षेत्रतर्फ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष नेम्वाङ, केन्द्रीय सदस्य सीता थेबे र प्रदेश कमिटी सदस्य लालबहादुर गुरुङको नाम सिफारिस भएको छ । यस्तै प्रदेशसभा ९ख०तर्फ केन्द्रीय सदस्य एवं प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र प्रदेश कमिटी सदस्य शङ्खध्वज नेम्वाङको नाम सिफारिस गरिएको लावतीले जानकारी दिनुभयो । प्रदेशसभाको समानुपातिकतर्फ जुनुकुमारी लावती, होमबहादुर जबेगू, विशाल रसाइली, पेम्बा शेर्पा र मेदनीप्रसाद खत्रीको नाम सिफारिस भएको उहाँले वताउनुभयो ।

मुख्य दलहरूमा प्रदेशसभातर्फ बढी र प्रतिनिधिसभातर्फ कम आकाङ्क्षी देखिएका हुन् । प्रदेशसभा सदस्यको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बन्न सक्ने सम्भावना बढी हुने, टिकट सिफारिस गर्ने नेताहरूसँग पहुँच पुग्ने तथा निर्वाचित हुने आधार बढी हुने भएपछि प्रदेशसभातर्फ नेताहरूको आकर्षण देखिएको हो ।

पाँचथरमा सत्तारुढ गठबन्धनको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनबाट प्रदेशसभा (क) मा स्थान प्राप्त गर्नसक्ने सम्भावना भएपछि सो दलले जिल्ला कमिटीका अध्यक्ष कमलप्रसाद जबेगूलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । प्रदेशसभा (ख)बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं प्रवक्ता सगुनसुन्दर लावती उम्मेदवार बन्ने चर्चा चले पनि यसबारे सो दलले औपचारिक घोषणा गरेको छैन ।

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा आठ स्थानीय तह र ६० वडा रहेका छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै स्थानमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने सोही गठबन्धनबाट दुई समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।