२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्यविरही साउदले ल्याए ‘खप्तड चिनारि’ (भिडियो)



अ+ अ-

काठमाडौं । कोरोनाको कारण थला परेको संगित क्षेत्र विस्तारै अगाडि बढ्ने क्रम सुरुभएसंगै सुदुरका कलाकारहरु पनि सक्रिय भएर लागेका छन । 

सुदुरपश्चिमेली डेउडा गीत संगितको क्षेत्रमा सक्रिय लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदको नयाँ गीत ‘खप्तड चिनारि (मेरा गाउँ जाल्लि मुई जसि होल्लि)’ सार्वजनिक भएको छन् । 

लोकप्रिय गायक तथा सर्जक साँउदले उक्त गिीत बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा लय तथा संगित गायक सुर्यविरही साउद रहेको छ । लोकप्रिय गायिका गौरी भट्टले उक्त गितमा गायक सुर्यविरही साउदलाई साथ दिएकी छन् ।  

गीतमा सुदुरपश्चिमका धार्मिक कला संस्कृति पर्यटकीय स्थलहरु र बिशेष गरि खप्तड क्षेत्रमा सुटिङ गरिएको गीतको म्युजिक भिडियोमा गायक सुर्यविरही साउद र अनु खड्काको आर्कषक अभिनय देख्न सकिन्छ । 

भिडियो जनक सिंहले निर्देशन गरेका हुन, भने हरि महराले खिचेका हुन । भिडियो विवेक पाण्डेले सम्पादन गरेका हुन । 

गीतबारे प्रतिक्रिया दिंदै गायक तथा सर्जक साउदले गीतको सानो अंश टिकटकमा दर्शक श्रोताले निकै रुचाएको बताए । 

उनले भने, ‘दर्शक श्रोताको माया विगत देखिकै छ, अझैं सुदुरका सुन्दर ठाँउमा सुटिङ गरिएकोले झन दर्शक श्रोताको माया थपिने आशा छ ।’ उनले खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समिति प्रति धन्यवाद ज्ञापन गरे ।