२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्यविरही साउदले ल्याए ‘खप्तड चिनारि’ (भिडियो)



अ+ अ-

काठमाडौं । कोरोनाको कारण थला परेको संगित क्षेत्र विस्तारै अगाडि बढ्ने क्रम सुरुभएसंगै सुदुरका कलाकारहरु पनि सक्रिय भएर लागेका छन । 

सुदुरपश्चिमेली डेउडा गीत संगितको क्षेत्रमा सक्रिय लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदको नयाँ गीत ‘खप्तड चिनारि (मेरा गाउँ जाल्लि मुई जसि होल्लि)’ सार्वजनिक भएको छन् । 

लोकप्रिय गायक तथा सर्जक साँउदले उक्त गिीत बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा लय तथा संगित गायक सुर्यविरही साउद रहेको छ । लोकप्रिय गायिका गौरी भट्टले उक्त गितमा गायक सुर्यविरही साउदलाई साथ दिएकी छन् ।  

गीतमा सुदुरपश्चिमका धार्मिक कला संस्कृति पर्यटकीय स्थलहरु र बिशेष गरि खप्तड क्षेत्रमा सुटिङ गरिएको गीतको म्युजिक भिडियोमा गायक सुर्यविरही साउद र अनु खड्काको आर्कषक अभिनय देख्न सकिन्छ । 

भिडियो जनक सिंहले निर्देशन गरेका हुन, भने हरि महराले खिचेका हुन । भिडियो विवेक पाण्डेले सम्पादन गरेका हुन । 

गीतबारे प्रतिक्रिया दिंदै गायक तथा सर्जक साउदले गीतको सानो अंश टिकटकमा दर्शक श्रोताले निकै रुचाएको बताए । 

उनले भने, ‘दर्शक श्रोताको माया विगत देखिकै छ, अझैं सुदुरका सुन्दर ठाँउमा सुटिङ गरिएकोले झन दर्शक श्रोताको माया थपिने आशा छ ।’ उनले खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समिति प्रति धन्यवाद ज्ञापन गरे ।