२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी तीन देशमा अक्षय कुमारको ‘बेलबटम’लाई प्रतिबन्ध



अ+ अ-

एजेन्सी । बलिउड स्टार अक्षय कुमारको फिल्म ‘बेलबटम’ सिनेमा घरमा रिलिज भइरहेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् । तर तीन देशले भने यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाएका छन् ।

साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।

सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको उल्लेख गरेको छ ।

यस्तै फिल्मले इतिहासलाई बंग्याएको आरोप समेत उनीहरुले लगाएका छन् । यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ ।

फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यसबेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो । त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ ।

यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ । 

फिल्ममा अक्षयका अलावा लारा दत्ता, वाणी कपूर, हुमा कुरैशीको पनि अभिनय रहेको छ ।