२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला



अ+ अ-

काठमाडौँ, नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।

आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, निर शहा, सुगम पोख्रेल रहेका छन् । साईना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरी शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी सो हरेक शनिकार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुने छ ।

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाइ udition.nepaltalenthunt@gmail.com  मा पठाउनुपर्नेछ अडिसन भाद्र २९ गतेसम्म खुल्ला रहने छ । सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी देखि जस्तोसुकै प्रतिभापनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्लारुपमा अडिसन सक्ने सोका प्रोग्राम हेड शार्मले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ । थप जानकारीका लागि आयोजकको ९८०३९५९५२३ समेत सम्पर्क गर्न सकिने छ ।

सोमा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अबसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।