६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसीप: भारतले पाकिस्तानलाई हरायो



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो । खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो ।

मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता लियो । खेलको २३औँ मिनेटमा भारतीय खेलाडी ग्रेस डाङमीले गोल गर्दै भारतलाई दोस्रो अग्रता दिलाएकी हुन् । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतकी सौम्या गुगुलोथले एक गोल थप्दै खेललाई ३–० को जित दिलाइन् । यस जितसँगै भारतले शीर्ष तीन अङ्क जोडेको छ ।

पाकिस्तानले भने प्रतियोगितमा हारबाट सुरुआत गर्यो । उक्त प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा माल्दिभ्स र बङ्गलादेश भिड्नेछन् । खेल साँझ साढे ५ बजेदेखि सुरुआत हुनेछ ।




भर्खरै