• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राष्ट्रपतिबाट पूर्वप्रहरी अधिकारीहरूलाई छलफलमा बोलावट



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि पूर्व सुरक्षा अधिकारीहरुलाई बोलाउनुभएको छ ।

उहाँले भोलि बिहीबार छलफलका लागि पूर्व सुरक्षा अधिकारीहरुलाई बोलाउनुभएको भए पनि के विषयमा छलफल हुन लागेको हो भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि नागरिकता विधेयक संसद्मा पुनर्विचारका लागि फिर्ता पठाउनुअघि पनि पूर्व सुरक्षा अधिकारीहरुलाई बोलाएर छलफल गर्नुभएको थियो ।

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर पुनर्विचारका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।