२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नाका तत्काल नखुल्ने, भन्सारमा आएका सामान अर्को साताबाट पठाउने तयारी



file
अ+ अ-

काठमाडौँ । नेपालसँग जोडिएका चिनियाँ भन्सार नाकाहरुमा आएका सामग्रीहरु अर्को साताबाट नेपाल पठाउने तयारी भएको छ । कोभिड–१९ को संक्रमणको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकाहरु चीनले बन्द गरेपछि ती सामान नाकाहरुमै अड्किएर बसेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासकाे श्राेत अनुसार अब ती सामान विस्तारै अर्को साताबाट नेपाल पठाउने तयारी भएको छ । यद्यपि चीनले नेपालसँग जोडिएका आफ्ना भन्सार नाकाहरु तत्काल नखुलाउने स्पष्ट गरेको छ ।

चीनको बेइजिङ, इनर मंगोलिया, सिन्जियाङ, छन्दु र तिब्बतलगायत क्षेत्रमा कोरोना संक्रमण व्यापक देखिएको बताइएको छ । दूतावासका अनुसार चीनको आधाभन्दा बढी प्रान्तमा कोरोना संक्रमण फैलिएको छ ।

चीनले आफ्नै स्वशासित क्षेत्र तिब्बतमा समेत सामान निर्यात गरेको छैन । तिब्बतका विभिन्न सहरमा ८ अगस्टदेखि कोरोना सङ्क्रमणका कारण लकडाउन जारी छ ।

लकडाउनका कारण अहिले पनि नेपालसँग जोडिएका चिनियाँ भन्सार नाकाहरु केरुङमा २०० भन्दा बढी कन्टेनर रोकिएका छन् । त्यस्तै खासामा १००, मिम्बुमा ३०, सिगात्सेमा २५ कन्टेनर रोकिएको अवस्था छ ।

चीनले नाका खोल्न नमानेका कारण दशैँलाई लक्षित गरी ल्याइएका लत्ताकपडा पनि नाकामा थुनिएर रहेका थिए । चीनबाट आयात हुने स्याउ कुहिने अवस्थामा रहेको बताइएको छ ।