२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयकुमार गच्छदार सुनसरी–३ बाट सिफारिस



फाईल फोटो
अ+ अ-

इनरुवा । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

सोही क्षेत्रबाट उहाँ छपटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसक्नुभएको छ । यस्तै सुनसरी क्षेत्र – ३ बाट समानुपातिकतर्फ हरिप्रसाद सापकोटा, सप्पनकुमार दास, कपलेश्वर यादव, कल्पना चौधरी, समित्रा थरुनी, सीता भुसाल, सरिताकुमारी यादव र हेमलता चौधरीलाई सिफारिस हुनुभएको जनाइएको छ ।

यस्तै सुनसरी क्षेत्र नं ३ (क) बाट प्रत्यक्षमा ओम थापा, महेश बाँस्तोला, जितेन्द्र केसी, दीपक ढकाल, रोहित प्रसाईँ, रामरोहन चौधरीको नाम सिफारिस भएको छ भने समानुपातिकमा गोपालराज भण्डारी, हाजी महम्द अबदुल मियाँ, विष्णुबहादुर डाँगी, सुरज दास ९थारू०, रामहृदय रामात राजु, सुवोध घिमिरे, प्रकाश चौधरी, ईश्वर तामाङ, देवेन्द्र चौधरी, अंयुब हुसैन, कल्पना कार्की, दिलमाया डाँगी, सुनितन गच्छतार, पन्छी बाइबार, बिमला प्रधान, रेखा कौर प्रसाईँ, उर्मिलादेवी चौधरी, लक्ष्मीकुमारी ठाकुर, कौहिलाकुमारी सुनुवार, रामपरी चौधरी, ममता चौधरी, रमला तामाङ, लक्ष्मी भट्टराई र राधा तामाङ सिफारिस हुनु भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

त्यसैगरी सोही क्षेत्रको नम्वर ३(ख) मा प्रत्यक्षमा कदमलाल चौधरी, बिरेन्द्रकुमार साह, गणेश कुमार राय, प्रदीप कुमार चौधरी, गौरीशंकर रौनियनर, रामचन्द्र राय, तालुराम माँझी, रेशमलाल चौधरी, बिन्देश्वर यादव, प्रेमबहादु रगौतम, शिब प्रसाद दङगाल, बिरनारायण चौधरी,गच्छदार मरिचमान चौधरी, समशेर चौधरी, अर्सपी यादवको नाम सिफारिस भएको छ भने समानुपातिकमा रघुनन्दन चौधरी, उमारजन थापा, ब्रहम ंप्रकाश रौनियनर, गिरधारीप्रसाद साह (हलुवाइ), दीपक राय, रामदेव यादव, सुभकलाल राय, वासुदेव राम, ताराचन्द चौधरी, रामकुमार थापा, अख्तरराइम हुसैन, सूर्यनारायण पासवान, सुरवीर उपाधाय, सुनिता दाहाल साह, कृष्णाकुमारी विक, इमा मिश्रा आचार्य र कोशिला चौधरीलाई सिफारिस गरिएको जनाइएको छ ।




भर्खरै